पदोन्नति हुनुभएका नगर प्रहरी अधिकृतहरुलाई दर्ज्यानी चिन्ह प्रदान

  • बुधबार २० साउन २०८३ ०१:४८ PM
काठमाडौँ । नगर प्रहरी उपरीक्षक पदमा पदोन्नति हुनुभएका शिवलाल पौडेल र पूर्णचन्द्र भट्ट र नगर प्रहरी नायव उपरीक्षकमा पदोन्नति हुनुभएका रामेश्वर उपाध्यायलाई आज दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । काठमाडौँ प्लाजामा आयोजित दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रममा काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल र सुशासन समितिका संयोजक ख्यामराज तिवारीको उपस्थितिमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ र प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक विष्णुप्रसाद जोशीले उहाँहरुलाई दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको हो ।  हिजो (साउन १९) बसेको ५५ औँ कार्यपालिका बैठकले उहाँहरुलाई माथिल्लो दर्जामा कायममुकायम मुकरर गर्ने निर्णय गरेको थियो ।  दर्ज्यानी चिन्ह प्रदान समारोहमा कार्यवाहक प्रमुख डंगोलले भन्नुभयो, ‘दर्ज्यानी चिन्ह प्राप्त गर्दा अनुहारमा देखिने उर्जा, नगर प्रहरीहरुमा सँधै देखिनु पर्छ । किनभने, महानगरपालिकाको छवि महानगर प्रहरीकोा अनुहारमा देखिन्छ ।’ उहाँले नगर प्रहरीलाई मानवीय संवेदना र मानव अधिकारप्रति वफादार रहन निर्देशन दिँदै भन्नुभयो, ‘प्रहरी सेवामा काम गर्दा कहिले अनुकुलतामा र कहिले प्रतिकुलतामा काम गर्नुपर्छ । यी जुनसुकै परिस्थिति हुन्, उच्च मनोवलका साथ उत्तरदायित्वप्रति सदैव प्रतिवद्ध हुनुपर्छ । कानुन कार्यान्वयनमा कडा र नागरिकसँगको व्यवहारमा नरम हुनुहोला । विवाद गरेर होइन, नागरिकको मन जितेर सेवा गर्नुहोला ।’  प्रहरीको वृत्ति विकास र क्षमता विकासमा कार्यालयले ध्यान दिनेछ । तपाईँहरु सेवा र व्यवस्थापनमा ध्यान दिनोस् । उहाँको भनाइ थियो ।  त्यस क्रममा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले, नगर प्रहरी सेवामा तह अनुसारका अधिकारीहरुको नियुक्ति गर्न पदपूर्ति समिति गठन भइसकेको बताउँदै वृत्ति विकासको प्रक्रिया अगाडि बढिसकेको जानकारी दिनुभयो । ‘जनसरोकारका मुद्दामा काम गर्ने महानगरपालिकाको अभिन्न अंगका रुपमा बलको छवि कायम राख्नुहोला ।’ गुरागाईँको भनाइ थियो । यस्तै सुशासन समितिका संयोजक ख्यामराज तिवारीले, जनप्रतिनिधिभन्दा अगाडि जनताकोमा पुग्ने गरेको अवस्थाबाट प्राप्त विश्वाश कायम राख्ने गरी काम गर्न आग्रह गर्नुभयो । ‘यहाँहरुको मनोबलबाट महानगरपालिकाले सहरी व्यवस्थापन र नागरिकका कठिनाइमा सहयोग गर्न सक्छ । यसलाई कायम राख्नुहोला ।’ सुशोभन अवसरमा वडा नं