बुटवल। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले साउनको अन्तिम साताभित्र प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गरेका छन्। त्यसका लागि साउन २५ देखि ३० गतेभित्र प्रदेशसभा बैठक आह्वान गर्ने विषयमा आन्तरिक तयारी भइरहेको जनाइएको हो । नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्रीले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने अवस्था आएको हो। प्रदेश सरकारका अनुसार बैठकको मिति औपचारिक रूपमा तय भइसकेको छैन, तर अन्तिम सातामै विश्वासको मत लिने गरी छलफल अघि बढेको छ। सत्ता साझेदार दलहरूबीच मन्त्री र मन्त्रालयको बाँडफाँटमा सहमति जुट्न बाँकी रहेकाले मन्त्रिपरिषद् विस्तारभन्दा पहिले विश्वासको मत लिने रणनीति बनाइएको ... The post मुख्यमन्त्री आचार्यले साउन अन्तिम साताभित्र विश्वासको मत लिने appeared first on Kalika Khabar.