छनोट नभएर पनि नेपालको नाम महिला एसिया कप खेल्ने टोलीको सूचीमा

  • बुधबार २० साउन २०८३ ०२:०१ PM
काठमाडौं : महिला एसिया कप छनोटको खेलमा छनोट चरण पार गर्न नसकेको नेपालको नाम एसिया कप खेल्ने टोलीको नाममा समावेश गरिएको छ । क्रिकइन्फोका अनुसार नेपाली महिला टोलीले पनि एसिया कप खेल्ने भनेर उल्लेख गरिएको छ । अगष्ट २८ देखि सेप्टेम्बर १३ सम्म यूएईमा हुने भनि तय भएको यस प्रतियोगितामा ८ टोलीले सहभागिता जनाउने छन् । जसमा साविक विजेता श्रीलंका, भारत, पाकिस्तान, बंगलादेश, नेपाल, मलेसिया, थाइल्यान्ड र आयोजक राष्ट्र यूएई रहेको छ । आयोजक राष्ट्रहरुलाई जुलाई २२ मा नै सहभागिता सम्बन्धि जानकारी पठाइए