दाङमा ५५ नाल अवैध भरुवा बन्दुक बरामद

  • बुधबार २० साउन २०८३ ०२:०१ PM
दाङ : दाङका विभिन्न स्थानका जंगलमा लुकाइछिपाइ राखिएका ५५ नाल अवैध भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ । साउन १६ गतेदेखि १९ गतेसम्म सञ्चालन गरिएको विशेष अप्रेसनका क्रममा  हातहतियार बरामद गरिएका जिल्ला प्रहरी कार्यालय दाङले बताएको छ । विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले विभिन्न इलाका प्रहरी कार्यालय तथा प्रहरी चौकीमार्फत खोजी अभियान चलाएको थियो ।यसरी बरामद भएका हतियारहरु इलाका प्रहरी कार्यालय कमिरेचौर अनतर्गत बंगलाचुली गाउँपालिका–५ स्थित हिमाल लालीगुराँस सामुदायिक वन (७ नाल),