काठमाडौं : अष्ट्रेलियन टप एण्ड टी–२० सिरिजको तालिका सार्वजनिक भएको छ । अष्ट्रेलियाको नर्थन टेरिटोरीमा हुने यो प्रतियोगिता अगष्ट २१ देखि ३० सम्म हुनेछ । डार्विनमा हुने यस प्रतियोगितामा नेपालले लिग चरणमा ६ खेल खेल्ने छ ।नेपालले लिगको पहिलो खेलमा एनटी स्ट्राइकसँग खेल्ने छ । यस प्रतियोगिताका लागि नेपालको टोली भने घोषणा भएको छैन । यस प्रतियोगितामा नेपालले अघिल्लो संस्करणमा पनि सहभागिता जनाएको थियो । जसमा लिग चराणको ६ खेलमा नेपालले २ खेलमा जित दर्ता गरेको थियो । नेपालको खेल तालिका