सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कृषि क्षेत्रको आधुनिकीकरण, उत्पादन वृद्धि र लागतअनुसार प्रतिफल पाउने अवस्था बनाउनु प्रदेश सरकारको प्रमुख प्राथमिकता भएको बताएका छन् । कैलालीको लम्कीचुहा नगरपालिका–४ कौवापुरस्थित किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले निर्माण गरेको बीउ प्रशोधन तथा भण्डारण गृहको आज उद्घाटन गर्दै उनले कृषि उद्यमशीलता प्रवद्र्धनका लागि प्रदेश सरकारले नीतिगत सुधारसँगै किसान