एलपीजी ग्यास आपूर्ति सहज बनाउन ‘क्विक रेस्पोन्स टिम’ गठन

  • बुधबार २० साउन २०८३ ०७:१९ AM
काठमाण्डु- उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले उपभोक्ताको घरमा कुनै पनि हालतमा एलपीजी ग्यासको अभाव हुन नदिन कडा निर्देशन दिएपछि नेपाल आयल निगमले ‘क्विक रेस्पोन्स टिम’ गठन गरेको छ। टिमले बुधबारदेखि नै आफ्नो कार्य औपचारिक रूपमा सुरु गरेको निगमले जनाएको छ। मन्त्री यादवको निर्देशनअनुसार ग्यास आपूर्तिमा देखिने समस्या तत्काल समाधान गर्न उद्योग मन्त्रालय, नेपाल