काठमाण्डु– दक्षिण कोरियाका राजदूत पार्क तइयोङ र परराष्ट्रमन्त्री शिशिर खनालबीच भेटवार्ता भएको छ । बुधबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा उनीहरुबीच शिष्टाचार भेटवार्ता भएको हो । भेटवार्तामा परराष्ट्रमन्त्री खनालले नेपाल र दक्षिण कोरियाबीच कनेक्टिभिटी बढाउनुपर्ने बताए । उनले दुई मुलुकबीचको सम्बन्धका प्राथमिकतामा व्यापार, स्वास्थ्य र शिक्षा क्षेत्रलाई राख्नुपर्ने उल्लेख गरे। उनले भने, ‘लगानीका लागि हामीले विभिन्न क्षेत्रको