सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा काठमाडौंका याङ्की उक्यावलाई नियुक्त गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत उक्यावलाई नियुक्त गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवम् शिक्षामन्त्री सस्मित पोखरेल प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रस्तावमा उनलाई लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत नियुक्त गरिएको बताएका छन् ।