इन्टरनेट सेवा प्रदायक (आईएसपी) कम्पनीहरूले वर्षौंदेखि तिर्न बाँकी रहेको दूरसञ्चार सेवा शुल्क, रोयल्टी तथा ग्रामीण दूरसञ्चार विकास कोष (आरटिडिएफ) सम्बन्धी बक्यौता विवाद समाधान गर्न सरकारले प्रक्रिया अघि बढाएको छ । बक्यौता रकम, कर निर्धारण र लाइसेन्स नवीकरणसँग जोडिएको लामो समयदेखिको विवाद टुंग्याउन सूचना तथा सञ्चार मन्त्रालयले सरोकारवालासँग छलफललाई तीव्रता दिएको हो । यसैक्रममा सञ्चार तथा