काठमाडौं । सरकारले विश्वविद्यालय अनुदान आयोग (यूजीसी) को अध्यक्षमा प्रा. डा. खड्कबहादुर केसीलाई नियुक्त गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पर्वतका केसीलाई आयोगको अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए। केसी त्रिभुवन विश्वविद्यालयका निवर्तमान शिक्षाध्यक्ष हुन्। त्रिभुवन विश्वविद्यालयका उपकुलपति केसरजंग बरालले राजीनामा दिएपछि उनले केही समय उपकुलपतिको जिम्मेवारीसमेत सम्हालेका थिए।… Continue reading विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा केसी र सचिवमा श्रेष्ठ नियुक्त