विदेशी विमानस्थलबाट श्रमिक पठाउने थप ३९ म्यानपावरलाई कारबाही

  • बुधबार २० साउन २०८३ ०६:४० AM
काठमाडौँ : वैदेशिक रोजगार विभागको स्वीकृतिविना विदेशी विमानस्थल प्रयोग गरी श्रमिकलाई वैदेशिक रोजगारीमा पठाएका थप ३९ वटा म्यानपावरलाई कारबाही गरिएको छ । विभागले एक सूचना जारी गर्दै स्वीकृतिविना विदेशी विमानस्थलको प्रयोग गरी श्रमिकलाई वैदेशिक रोजगारीमा पठाएको भन्दै उनीहरूलाई ५० हजार रूपैयाँका दरले जरिबाना गरेको हो । वैदेशिक रोजगार ऐन, २०६४ को दफा २२ अनुसार स्वदेशी विमानस्थल प्रयोग गरेर श्रमिकलाई पठाउनुपर्ने व्यवस्था छ । उक्त व्यवस्था कार्यान्वयन गरे/नगरेको विषयमा विभागले अनुगमन तथा अध्ययन गर्नका लागि २०८२ चैत १ देखि २०८३ जेठ ३१ गतेसम्म श्रम स्वीकृति लिइ वैदेशिक रोजगारीमा पठाएका श्रमिकको उडान विवरण माग ... The post विदेशी विमानस्थलबाट श्रमिक पठाउने थप ३९ म्यानपावरलाई कारबाही appeared first on Kalika Khabar.