सांसदको प्रस्तुति र कार्यशैली सुधार्ने उद्देश्यसहित रास्वपाले प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने

  • बुधबार २० साउन २०८३ ०६:५४ AM
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा सदस्य, केन्द्रीय सदस्य र प्रदेश सदस्यलाई प्रशिक्षण दिने तयारी गरेको छ । यसअघि दुईपटक प्रशिक्षण दिइसकेको रास्वपाले प्रशिक्षणको मोडालिटी तयार पारिरहेको छ । रास्वपा महामन्त्री विपिनकुमार आचार्यले जनताप्रतिको उत्तरदायित्व, पार्टी, सरकार र प्रतिनिधिसभाप्रतिको भूमिकालगायत विषयमा दिइने यो प्रशिक्षणलाई नियमित प्रक्रिया भएको बताए । उनका अनुसार, केही दिनमै प्रशिक्षण दिने मिति र स्थान तय गरिनेछ । पछिल्लो समय रास्वपाका सांसदहरूले गरिरहेको कार्यशैलीलाई लिएर पार्टीभित्रै आलोचना भइरहेको छ । सदनमा आफूले बोल्ने विषय एआई, च्याटजीपीटीबाट तयार पानर्ख थालेपछि सांसदहरूको आलोचना हुने गरेको छ । रास्वपाका सांसदहरू पटकपटक विवादित बनेकै कारण ... The post सांसदको प्रस्तुति र कार्यशैली सुधार्ने उद्देश्यसहित रास्वपाले प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने appeared first on Kalika Khabar.