यमन नजिकै आक्रमण हुँदा भारतीय जहाज डुब्यो

  • बुधबार २० साउन २०८३ ०१:०१ PM
भारत : यमनको तटीय क्षेत्र नजिकै लाल सागरमा भारतीय झण्डावाहक एक व्यापारिक जहाजमाथि इरान समर्थित हुथी विद्रोहीहरूले आक्रमण गरेका छन् । भारतका जहाजरानी मन्त्री सर्बानन्द सोनोवालले एमएसभी फैज नूरे ओलिया जहाजमा सवार सबै १४ जनालाई सकुशल उद्धार गरिएको बताएका छन् । उद्धार गरिएकामध्ये १३ जना भारतीय नागरिक थिए ।सोनोवालले यसलाई ‘कुनै उक्साहट बिनाको आक्रमण’ भन्दै कडा निन्दा गरेका छन् । उनले यस क्षेत्रमा नाविकहरूको सुरक्षा सुनिश्चित गर्न आवश्यक कदम चालिने पनि बताएका छन् । हालसम्म जहाजमाथि आक