बेदमा एउटा अमर मन्त्र छ, ‘चरैवेति, चरैवेति’। यसको अर्थ केवल हिँडिरहनू भन्ने आग्रह होइन, यो जीवन, समाज र सभ्यताको दर्शन हो। यसको अर्थ हो— नरोकिनू, निरन्तर अघि बढिरहनू, सिकिरहनू, परिवर्तनलाई आत्मसात् गरिरहनू।राजनीति पनि यही दर्शनबाट जीवित रहन्छ। जो समयसँगै बदलिन्छ, उसैले भविष्यको नेतृत्वको जिम्मेवारी ग्रहण गर्छ। राजनीतिक इतिहासका निर्णायक क्षणहरू केवल घटनाले निर्माण गर्दैनन्, ती समयको सही पहिचान गर्ने नेतृत्वले निर्माण गर्छन्। समयले हरेक पुस्तालाई एउटा अवसर दिन्छ— या त परिव