सेतीमा ड्युटी छाडेर निजी क्लिनिक धाउने चिकित्सक कारबाहीमा पर्ने

  • बुधबार २० साउन २०८३ ०१:०१ PM
धनगढी : सेवाग्राहीले सरकारी अस्पतालमा चिकित्सक नपाउने गुनासो बढिरहेका बेला सेती प्रादेशिक अस्पतालले कार्यालय समयमै निजी क्लिनिकमा सेवा दिने चिकित्सकविरुद्ध कडा कदम चालेको छ । अस्पतालले कार्यालय समयभित्र निजी क्लिनिक वा अन्य स्वास्थ्य संस्थामा काम गर्न पूर्ण रोक लगाउँदै उल्लंघन गर्ने चिकित्सकमाथि कानुनी तथा सेवा–शर्तअनुसार कारबाही गरिने चेतावनी दिएको हो ।मंगलबार प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डेद्वारा जारी सूचनामा केही चिकित्सक कार्यालय समयमै बाहिरका निजी क्लिनिक तथा स्वास