काठमाडौं : नेपाल रेडक्रस सोसाइटीको अनियमितताबारे छानबिन गर्न गठित समितिले नै पुराना प्रतिवेदनका फाइल पाउन नसकेको खुलेको छ। मंगलबार पत्रकार भेटघाट कार्यक्रममा छानबिन समितिका संयोजक डा. दीपेश घिमिरेले पुराना प्रतिवेदन पाउन नसकेको खुलासा गरेका छन्। केन्द्रीय तदर्थ समितिले असार ५ गते रेडक्रसको बेथिति, भ्रष्टाचार र अनियमितता छानबिन गर्न त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापकसमेत रहेका सुशासनविद् डा. घिमिरेको संयोजकत्वमा अधिवक्ता यशस्वी थापा र सीए सतिश सुवेदी रहेको तीन सदस्यीय छानबिन समिति गठ