सैनिक गणको पर्खाल भत्काउन सांसदको बलमिच्याइँ

  • बुधबार २० साउन २०८३ ०१:०१ PM
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद राजुनाथ पाण्डे नेपाली सेनाको गणमा लगाइएको पर्खाल भत्काउने क्रममा सेनाका क्याप्टेनसँग चर्किएका छन्। काठमाडौं क्षेत्र नम्बर–३ बाट निर्वाचित सांसद पाण्डेले गोकर्णस्थित नेपाल ट्रस्टको जग्गामा बाटो विस्तार गर्ने क्रममा थर्काउने शैलीमा नेपाली सेनाका अधिकारीसँग गरेको कुराकानी सामाजिक सञ्जालमा भाइरल भएको छ।बाटो विस्तार गर्ने भन्दै राजुनाथ पाण्डे सोमबार डोजर लिएर उक्त स्थानमा पुगेका थिए। उक्त स्थानमा नेपाली सेनाको गण रहेको र सेनाले लगाएको पर्खाल जब