लाजिम्पाटकी वर्षा पाण्डेका लागि मनसुनको चिन्ता पानी पर्नुसँगै सुरु हुन्छ। उनलाई आकाशबाट झमझम पानी पर्यो कि भन्नेभन्दा पनि ‘आज फेरि जमल डुब्ने त होइन?’ भन्ने चिन्ताले बढी सताउँछ। घरबाट कार्यालय पुग्ने दैनिक यात्रा नै वर्षायाममा उनका लागि तनावको विषय बनेको छ। ‘पानी परेपछि जमलको बाटो पार गर्नै डर लाग्छ, उनी भन्छिन्, कहिलेकाहीँ स्कुटी नै पल्टिन्छ