सुनको मूल्यमा भारी वृद्धि, कतिमा हुँदैछ कारोबार ?

  • बुधबार २० साउन २०८३ ०५:४७ AM
काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको ४ हजार २ सयले बढेर तोलाको २ लाख ८८ हजारमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन तोलाको २ लाख ८३ हजार ८ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार आज चाँदी तोलाको ९५ रुपैयाँले बढेर तोलाको ४ हजार ४७५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि मंगलबार चाँदी तोलाको ४ हजार ३८० रुपैयाँमा कारोबार भएको थियो । The post सुनको मूल्यमा भारी वृद्धि, कतिमा हुँदैछ कारोबार ? appeared first on Kalika Khabar.