काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट ८५ अर्ब रुपैयाँ बराबरको तीनमहिने निक्षेप संकलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप संकलनका लागि आज अपराह्न ३ बजेसम्म अनलाइन ‘बिडिङ सिस्टम सफ्टवेयर’ (ओबीएसएस)मार्फत बोलकबोल हुनेछ । निक्षेप संक्लनको विवरण आजै निष्कासन गरिनेछ भने ब्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण गरिनेछ । निक्षेपको साँवा तथा ब्याज आगामी कात्तिक १७ गते भुक्तानी गरिनेछ । न्यूनतम रु १० करोड र अधिकतम रु पाँच करोड गुणांकमा कुल आह्वान गरिएको रकमसम्म बोल गर्न सकिनेछ । केन्द्रीय बैंकले निक्षेप संक्लनको बोलकबोलमा राष्ट्र बैंकबाट ... The post ८५ अर्बको तीनमहिने निक्षेप संकलन गर्दै केन्द्रीय बैंक appeared first on Kalika Khabar.