काठमाडौं :बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब ४ अंकले बढेर बन्द भएको छ। नेप्से परिसूचक ३.७७ अंकले बढेर २६६६.९५ विन्दुमा पुगेको हो।यो समयमा ५५ वटा स्टक्सको ३ हजार४९६ कित्ता सेयर २३ लाख ४५ हजार ६०४ रुपैयाँमा खरिदबिक्री भए। प्रि ओपन सेसनमा ३ स्टक्सको मूल्य भने स्थिर रह्यो।