नेपालमा बेरोजगारी, दक्ष जनशक्तिको अभाव र वैदेशिक रोजगारीप्रतिको निर्भरतजस्ता समस्याबीच प्राविधिक तथा व्यावसायिक शिक्षा राष्ट्रिय विकासको महत्त्वपूर्ण आधारका रूपमा स्थापित हुँदै गएको छ। कुनै समय ‘कमजोर विद्यार्थीको रोजाइ’ भनेर हेर्ने गरिएको प्राविधिक शिक्षा आज दक्षता, उत्पादन, उद्यमशीलता र आर्थिक समृद्धिको प्रमुख माध्यमका रूपमा स्वीकारिएको छ।नेपालको संविधान २०७२ ले प्रत्येक नागरिकलाई शिक्षाको अधिकार सुनिश्चित गर्दै रोजगारीमुखी शिक्षालाई राज्यको दायित्व मानेको छ। राष्ट्रिय शिक्षा नीति