धनुषा रेडक्रसको बडहरी केन्द्र बेवारिसेः एम्बुलेन्स र उपकरण थन्किए, राहत सामग्री गोदाममै कुहिए

  • बुधबार २० साउन २०८३ ०५:३६ AM
धनुषा । धनुषाको मिथिला नगरपालिका–९ बडहरीस्थित नेपाल रेडक्रस सोसाइटीको सामुदायिक विकास केन्द्र पछिल्लो समय मानवीय सेवाको उद्देश्यबाट विमुख भई बेवारिसे अवस्थामा पुगेको छ । करिब चार दशकअघि परोपकार र विपद् व्यवस्थापनका लागि स्थापना गरिएको यो केन्द्र अहिले चरम बेथिति र निष्क्रियताको प्रतीक बनेको छ । कुनै समय विपद्का बेला राहत सामग्री वितरणको केन्द्र बन्ने, एम्बुलेन्सको