टाढैबाट आफ्नो घर नियाल्दै दक्षिण लेबनानका विस्थापितहरू

  • बुधबार २० साउन २०८३ ०५:४५ AM
एजेन्सी । इजरायली सेनाको निरन्तर उपस्थितिका कारण दक्षिण लेबनानको जौतार अल–शर्कियेहका बासिन्दाहरू अझै पनि आफ्नो घर फर्कन सकेका छैनन् । यस क्षेत्रका बासिन्दाहरू विस्थापित भई सुरक्षित स्थानमा शरण लिइरहेका भए पनि आफ्नो थातथलोप्रतिको मोहका कारण उनीहरू टाढैबाट आफ्नो घरको अवस्था नियाल्न बाध्य छन् । पेशाले कानून व्यवसायी रहेका स्थानीय बासिन्दा जाय्नो हर्ब हाल जौतार अल–गर्बियेहमा