हेटौंडा । त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको भीमफेदी–२ तिलटारमा तरकारी बोकेको डिब्बा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । गएराति पालुङबाट वीरगञ्जको लागि तरकारी बोकर आउँदै गरेको मधेश प्रदेश ०३–००२ ख ५०९५ नम्बरको ६ चक्के डिब्बा ट्रक वर्षा र हुस्सुको कारण ओरालो बाटोमा चिप्लिएर अनियन्त्रित भई सडकबाट अन्दाजी एक सय मिटर तल चण्डी खोलामा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा ट्रकमा सवार राक्सिराङ गाउँपालिका–९ का ३६ वर्षीय अर्जुन कार्कीको मृत्यु भएको छ । टाउको र शरीरको विभिन्न भागमा चोट ... The post तरकारी बोकेको ट्रक सडकबाट सय मिटर तल खस्दा दुर्घटना, एक जनाको मृत्यु, चालक घाइते appeared first on Kalika Khabar.