वालिङमा ‘कृषि एम्बुलेन्स’

  • बुधबार २० साउन २०८३ ११:०१ AM
स्याङ्जा : वालिङ् नगरपालिकाले किसानको सहजताका लागि कृषि एम्बुलेन्स सेवा प्रारम्भ गरेको छ । सेवा प्रारम्भ भएसँगै यहाँका किसानद्धारा उत्पादित बिशेष गरी तरकारी तथा फलफूल बोकेर हिंड्नु पर्ने वाध्यता हट्ने भएको छ । वालिङ नगरपालिका र दियालो संस्थाद्धारा सञ्चालित वालिङ कृषि विकास परियोजना       (हेफर इन्टरनेसनल नेपाल) को साझेदारीमा कृषि एम्बुलेन्स नामाकरण गरिएको सामान बोक्ने सवारी साधन खरिद गरी सञ्चालनमा ल्याइएको छ । कुल ३२ लाख ९० हजारको लागतमा कृषि एम्बुलेन्स खरिद गरिएको छ । ज