काठमाडौं : सरकारसँग भएको ६ बुँदे सहमति कार्यान्वयन नभएको आरोप लगाउँदै लघुवित्त तथा वित्तीय शोषण पीडितहरू पुनः आन्दोलनमा उत्रिएका छन्। तीन वर्षअघि सुरु भएको आन्दोलन पटक–पटक वार्ता र सहमतिमा टुंगिए पनि प्रतिबद्धता कार्यान्वयन नभएको भन्दै पीडितहरूले काठमाडौंको माइतीघरमा पुनः आन्दोलन चर्काएका छन्।लघुवित्तबाट ऋण लिएपछि चर्को ब्याज, सामूहिक दबाब, धितो लिलाम, कालोसूची र असुलीका क्रममा अन्याय परेको भन्दै देशका विभिन्न जिल्लाका पीडितहरूले २०७९ सालदेखि आन्दोलन सुरु गरेका थिए। देशभर फैलिएको यो आ