काठमाण्डु– वर्षासँगै देशका विभिन्न स्थानमा बाढीको जोखिम बढेको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार आज काठमाण्डुसहित देशका ४० जिल्ला र यसआसपासका खोलारनदीमा आकस्मिक बाढी जोखिमको सम्भावना देखिएको छ। आज ताप्लेजुङ, पाँचथर, तेह्रथुम, संखुवासभा, सोलुखुम्बु, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाण्डु, भक्तपुर, ललितपुर, मकवानपुर, नुवाकोट, धादिङ, रसुवा, गोरखा, चितवन, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, कपिलवस्तुमा बाढीको सम्भावना रहेको