काठमाण्डु– बुधबार सुनको भाउ ह्वात्तै बढेको छ । मंगलबारको तुलनामा बुधबार सुनको भाउ तोलामा ४ हजार २ सय रुपैयाँले बढेको हो । हिजो २ लाख ८३ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ८८ हजार रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै आज चाँदीको भाउ तोलामा ९५ रुपैयाँले