काठमाडौं । नबिल बैंकले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार बैंकले अधिकांश वित्तीय सूचकमा उल्लेखनीय सुधार गरेको छ । समीक्षा अवधिमा बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३३.५० प्रतिशतले वृद्धि भई ७ अर्ब ९० करोड ५७ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले ५ अर्ब ९२ करोड २१ लाख रुपैयाँ नाफा कमाएको थियो । बैंकले कर्जा नोक्सानी व्यवस्था (इम्पेयरमेन्ट चार्ज) उल्लेखनीय रूपमा घटाएको छ । अघिल्लो आर्थिक वर्षमा ४ अर्ब २० करोड १४ लाख रुपैयाँ छुट्याएको बैंकले ... The post नबिल बैंकको नाफा ७ अर्ब ९० करोड appeared first on Kalika Khabar.