पहिरोका कारण मुग्लिन–नारायणगढ सडकखण्ड दुईतर्फी अवरुद्ध

  • बुधबार २० साउन २०८३ ०३:३८ AM
चितवन । मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत सिमलताल नजिक पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको छ । सडक डिभिजन भरतपुरका अनुसार सडकको सिमलताल नजिक पहिरो खस्दा दुवैतर्फको सवारी आवागमन रोकिएको हो । पहिरो पन्छाउन सडक डिभिजनका उपकरण परिचालन गरिसकिएको जनाइएको छ । सडक पूर्ण रूपमा सञ्चालनमा आउन करिब एक घण्टा लाग्ने अनुमान गरिएको छ । सडक डिभिजनले उक्त सडकखण्ड भएर यात्रा गर्ने चालक तथा यात्रुलाई आवश्यक सतर्कता अपनाउन र वैकल्पिक व्यवस्था मिलाउन आग्रह गरेको छ । The post पहिरोका कारण मुग्लिन–नारायणगढ सडकखण्ड दुईतर्फी अवरुद्ध appeared first on Kalika Khabar.