काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बुधबार (साउन २०) नेपाल राष्ट्र बैंकका सबै कार्यकारी निर्देशकसँग छलफल गर्दै छन् । मंगलबार (साउन १९) वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूसँग छलफलपछि आज राष्ट्र बैंकका कार्यकारी निर्देशकसँग बैठक बस्ने भएको हो । छलफल बिहान ९ः१५ बजे अर्थ मन्त्रालयको सुवर्ण हलमा सुरु हुनेछ । देशको वित्तीय अवस्थाको गहिराइ बुझेका र मौद्रिक उपकरणको कार्यान्वयन गरिरहेका अधिकारीहरूसँगको छलफल अर्थतन्त्रको समस्या पहिल्याउन र समाधानको उपाय खोज्नमा केन्द्रित हुने बताइएको छ । मन्त्रालयका अनुसार, केन्द्रीय बैंकका गभर्नर र डेपुटी गभर्नरसँगको नियमितजसो हुने भेट, उनीहरूको सल्लाह र समन्वयमा सम्भवतः पहिलोपटक यस्तो छलफल हुन लागेको ... The post अर्थमन्त्री वाग्लेले आज राष्ट्र बैंकका सबै कार्यकारी निर्देशकसँग छलफल गर्दै appeared first on Kalika Khabar.