आगामी तीन दिन कुन-कुन प्रदेशमा हुँदैछ भारी वर्षा ?

  • बुधबार २० साउन २०८३ १०:०१ AM
काठमाडौं : मौसम पूर्वानुमान महाशाखाले पहाडी भू-भागका धेरै स्थानमा मेघगर्जन/चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भाग तथा लुम्बिनी प्रदेशका पहाडी र तराई भू-भाग तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ। राति कोशी, बागमती, गण्डकी  र लुम्बिनी प्रदेशका पहाडी र तराई भू-भाग साथै मधेश प्रदेशका धेरै स्थानमा मेघगर्जन/चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावन