चर्चित बलिउड अभिनेता प्रदीप रावतको निधन भएको छ । आमिर खान अभिनित चर्चित सिनेमा गजनीमा खलनायक ‘गजनी धर्मात्मा’को भूमिकाबाट परिचित वरिष्ठ भारतीय अभिनेता रावतको क्यान्सर रोगका कारण निधन भएको भारतीय सञ्चारमाध्यमहरूले पुष्टि गरेका छन् । लामो समयदेखि क्यान्सरसँग संघर्ष गरिरहेका रावतको मंगलबार साँझ मुम्बईस्थित अस्पतालमा उपचारका क्रममा ७४ वर्षको उमेरमा निधन भएको हो । उनका