हर्मुज खुल्ने संकेतसँगै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य तीन साताकै न्यून

  • बुधबार २० साउन २०८३ ०९:०१ AM
काठमाडौं : हर्मुज जलडमरूमध्य (स्ट्रेट अफ हर्मुज) पुनः सञ्चालन गर्ने विषयमा कूटनीतिक पहल अघि बढेको संकेत देखिएपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य तीन साता यताकै न्यून स्तरमा झरेको छ।मंगलबार अन्तर्राष्ट्रिय मापदण्ड मानिने ब्रेन्ट कच्चा तेलको मूल्य झण्डै ५ प्रतिशतले घटेर प्रति ब्यारेल ८० अमेरिकी डलरभन्दा तल पुगेको छ। अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएट (डब्लुटीआई) कच्चा तेलको मूल्य पनि ५ प्रतिशतभन्दा बढी घटेर ७६ डलर प्रति ब्यारेलमा सीमित भएको छ। दुवै सूचक जुलाई १३ यताकै न्यून स्तरमा झरेका हु