काठमाडौं : नेपाल भलिबल संघले यस आर्थिक वर्षका लागि वार्षिक कार्यक्रम सार्वजनिक गर्दा प्रतियोगितालाई प्राथमिकतामा राखे पनि नेपाली भलिबलको दीर्घकालीन विकासका लागि अत्यावश्यक मानिने ग्रासरुट कार्यक्रम, प्रशिक्षक प्रशिक्षण, नियमित प्रशिक्षण र प्रतिभा पहिचानका योजनालाई भने महत्व नै दिएन।संघले हरेक वर्ष विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितालाई आफ्नो वार्षिक क्यालेन्डरमा समेट्दै आएको छ। तर, प्रतियोगिता आयोजना र सहभागितामै केन्द्रित कार्यक्रमले खेलाडी उत्पादनको आधार बलियो बनाउने, नयाँ प