लहानमा अवैध हतियारसहित तीन जना पक्राउ

  • बुधबार २० साउन २०८३ ०९:०१ AM
सिरहा : सिरहाको लहान नगरपालिका–२२ सलोखवरीबाट प्रहरीले अवैध हतियारसहित ३ जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार प्रहरी चौकी सितापुरबाट खटिएको टोलीले नियमित गस्तीका क्रममा चेकजाँच गर्दा २० वर्षीय सबरजीत दासले लगाएको पाइन्टको दाहिने गोजीबाट ९ एमएम जस्तो देखिने म्याग्जिनसहितको पेस्तोल एक थान बरामद गरेको हो।प्रहरीले घटनामा संलग्न रहेको आशंकामा सोही स्थानका करिब २० वर्षीय गुरुदेव दास र १९ वर्षीय संजय दासलाई समेत नियन्त्रणमा लिएको जनाएको छ।बरामद भएको पेस्तोल तथा म्याग्ज