भद्रपुर । आफ्ना सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन छिमेकी पालिकाले अपनाएका असल अभ्यासबाट सिक्ने उद्देश्यसहित यहाँको कचनकवल गाउँपालिकाको कर्मचारी टोलीले हल्दीबारी गाउँपालिकाको अध्ययन तथा अवलोकन भ्रमण गरेको छ । पालिकाबीचको अनुभव आदानप्रदानमार्फत सेवा सुधारका सम्भावना पहिचान गर्ने लक्ष्यसहित प्रमुख प्रशासकीय अधिकृत स्काई पोख्रेल नेतृत्वको टोली मङ्गलबार हल्दीबारी पुगेको थियो । भ्रमणका क्रममा टोलीले हल्दीबारी गाउँपालिकाद्वारा