निःशुल्क कृत्रिम हात तथा खुट्टा जडान गरी हस्तान्तरण

  • बुधबार २० साउन २०८३ ०२:३४ AM
वीरगन्ज । रोटरी डायग्नोस्टिक सेन्टर, वीरगञ्जद्वारा सञ्चालित रोटरी महावीर जयपुर फुट पुनर्स्थापना केन्द्रले तीन जना अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क कृत्रिम हात तथा खुट्टा जडान गरी हस्तान्तरण गरेको छ । केन्द्रले मङ्गलबार यहाँ आयोजित कार्यक्रममा अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिकाका राधा पौडेल, थमन सिंह ताम्राकार र झबिन्द्र बहादुरलाई निःशुल्क कृत्रिम हात तथा खुट्टा जडान गरी हस्तान्तरण गरेको