चितवन । नेपाल विद्युत् प्राधिकरणअन्तर्गतको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाले भरतपुरमा ग्राहककामा विद्युत् लाइन जोड्न थालनी गरेको छ । मङ्गलबारबाट भूमिगत लाइनमा चार्जिङको काम सुरु गरिएको थियो । आयोजनाले भरतपुरमा तीन सय सेवाग्राहीको घरमा लाइन जोडिसकेको छ । आयोजनाले अहिलेसम्म ९४ प्रतिशत काम सकिसकेको जनाएको छ । ग्राहकको घरमा लाइन जडानको काम मात्र बाँकी रहेको