बाँकेमा इट्टा भट्टाको पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

  • बुधबार २० साउन २०८३ ०२:४० AM
बाँके । नेपालगन्ज उपमहानगरपालिका–१९ भैयापुरस्थित न्यु किसान इट्टा भट्टामा पर्खाल भत्किँदा दुई जना मजदुरको मृत्यु भएको छ । साउन १८ गते बिहान करिब ११:२० बजे इट्टा भट्टाको पर्खाल अचानक भत्किँदा ५२ वर्षीय वर्षादी लोधको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा गम्भीर घाइते भएका ४५ वर्षीय राम फेरन कोरीलाई उपचारका लागि अस्पताल लगिएको थियो