सिमलतालमा पहिरो खस्दा मुग्लिन-नारायणगढ सडक अवरुद्ध

  • बुधबार २० साउन २०८३ ०२:५७ AM
मुग्लिन-नारायणगढ सडक खण्डअन्तर्गत सिमलताल नजिकै पहिरो खस्दा सडक आवागमन दुवैतर्फी अवरुद्ध भएको छ। सडक डिभिजन कार्यालय भरतपुरका अनुसार मङ्गलबार बिहान करिब ७ बजे सिमलतालमा पहिरो खसेपछि सवारी साधनको आवतजावत पूर्ण रूपमा ठप्प भएको हो। पहिरो पन्छाएर यातायात सञ्चालन गर्न सडक डिभिजनका उपकरण र परिचालन भइसकेका छन्।