कप्तानगञ्ज घटना : मृतक रविन्द्र मेहताका परिवारद्वारा शव बुझ्न अस्वीकार

  • बुधबार २० साउन २०८३ ०१:४३ AM
काठमाडौं । कोशी प्रदेशको सुनसरीस्थित देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा साउन १० गते राति भएको घटनामा घाइते भई उपचाररत रविन्द्र मेहताको मंगलबार उपचारका क्रममा मृत्यु भएको छ । मृत्युपश्चात उनका परिवारले आफ्ना माग पूरा नभएसम्म शव नबुझ्ने अडान लिएका छन् । महाराजगञ्जस्थित त्रिभूवन विश्वविद्यालय शिक्षण अस्पतालमा गृहमन्त्री सुधन गुरुङसँग मृतकका परिवारको छलफल भएपनि सहमति हुन नसकेपछि परिवारले