बेनी-जोमसोम सडकमा राति सवारी सञ्चालन बन्द

  • बुधबार २० साउन २०८३ ०१:५३ AM
गण्डकी । म्याग्दीको बेनीदेखि मुस्ताङको जोमसोम जोड्ने बेनी–जोमसोम सडकखण्डमा रातिको समयमा सवारीसाधन चलाउन रोक लगाइएको छ । जिल्ला सुरक्षा समितिको निर्णयअनुसार बिहीबार बिहान ५ बजेसम्म यो सडकमा सवारी आवागमन बन्द रहनेछ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मंगलबार र बुधबार भारी वर्षा हुने पूर्वानुमान गरेपछि यात्रुको सुरक्षालाई ध्यानमा राख्दै यो निर्णय गरिएको हो