बाढी पहिरोले पूर्णरूपमा अवरुद्ध छन् यी राजमार्ग

  • बुधबार २० साउन २०८३ ०२:०४ AM
अविरल वर्षाका कारण देशका विभिन्न मुख्य राजमार्ग र सडक खण्डहरूमा पहिरो तथा बाढीका कारण यातायात सेवा प्रभावित भएको छ। नेपाल प्रहरीको आज बिहान ६ः२० बजेसम्मको तथ्याङ्कअनुसार सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित अरनिको राजमार्ग, मुस्ताङको बेनी–जोमसोम सडक र रुकुम पश्चिमको भेरी कोरिडोर पूर्ण रूपमा अवरुद्ध रहेका छन्। सिन्धुपाल्चोकको चारकिलो र कोदारीमा पहिरो खसेका कारण अरनिको राजमार्ग ठप्प भएको