नोटमा डिजिटल युग

  • बुधबार २० साउन २०८३ ०७:०१ AM
मुद्राको सिर्जना नगर्दासम्म समाजमा वस्तु विनिमयकै चलन थियो। सामान दिएर सामान लिने गर्दाका बोझ मुद्राको आविष्कारले गर्‍यो। सुन र चाँदीका मुद्राको विश्वव्यापी स्वीकार्य भएकैले युरोपदेखि एसियासम्म वा सातवटै महादेशमा व्यापार, कारोबार सम्भव भयो।हाम्रै नेपालमा लिच्छवि राजा मानदेवले पहिलोपटक मुद्रा प्रचलनमा ल्याउनु उनको युगकै एउटा महत्त्वपूर्ण कोसेढुंगा बनेको थियो। लिच्छविकाल स्वर्णयुग हुन सक्नुमा कतै न कतै मुद्राको प्रचलनले पनि योगदान गरेको हुनुपर्छ। त्यसो त तिब्बतका लागि नेपालले मल्लयुगदेखि पृथ्व