किन रोकियो १०४ कम्पनीको आईपीओ निष्कासन ?

  • बुधबार २० साउन २०८३ ०७:०१ AM
काठमाडौं : प्राथमिक सेयर (आईपीओ) निष्कासनको पाइपलाइनमा रहेका १०४ कम्पनी रोकिएका छन्। पुँजी वृद्धि गर्ने भन्दै विगत ३ वर्षदेखि नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिई स्वीकृतिका लागि अनुमति माग्न गएका कम्पनीलाई सेबोनले रोकेको हो। निवर्तमान अध्यक्ष सन्तोषनारायण श्रेष्ठ आर्थिक विवादमा तानिएपछि आईपीओ निष्कासन विवादमा आउन थालेको थियो।नयाँ सरकारले असार ५ गते नियुक्त गरेका सेबोन अध्यक्ष डा. गोपालप्रसाद भट्टले अहिलेसम्म कुनै पनि आईपीओ स्वीकृति दिने अनुमति दिएका छैनन्। उनी नीतिगत सुधार, प्रा