मृतक मेहताका परिवारसँगको संवाद सकारात्मक, शव परीक्षणका लागि तयार

  • मङगलबार १९ साउन २०८३ १०:०१ PM
काठमाडौं : सरकार र मृतक रवीन्द्र मेहताका परिवारका सदस्यसँग भएको संवाद सकारात्मक भएको छ। गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा आज शिक्षण अस्पताल महाराजगञ्जमा भएको छलफलमा सरकारका तर्फबाट मृतकका परिवारले उठाएका माग सम्बोधन गर्न पूर्ण प्रतिबद्धता व्यक्त गरिएको गृहमन्त्रीको सचिवालयले जनाएको छ। गृहमन्त्रीले मृतकका आफन्तलाई घटनाप्रति दुःख व्यक्त गर्दै आवश्यक सहयोग तथा राहत उपलब्ध गराउन सरकार तयार रहेको आश्वासन दिए। वार्तामा सहभागी आफन्तले मृतकका बुबाआमासँग अहिले सल्लाह गरेपछि मात्रै भोलि थप छलफल गर्न