कर्णालीमा सुरु भयो सामाजिक सुरक्षा कोषको उपचार सेवा, प्रदेश अस्पतालबाट सेवा प्रारम्भ

  • मङगलबार १९ साउन २०८३ ०८:२४ PM
सुर्खेत । योगदानमा आधारित सामाजिक सुरक्षा योजना सुरु भएको करिब नौ वर्षपछि कर्णाली प्रदेशमा पनि सामाजिक सुरक्षा कोषको लाइभ स्वास्थ्य उपचार सेवा सञ्चालनमा आएको छ। कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित प्रदेश अस्पताल सुर्खेतबाट उक्त सेवा औपचारिक रूपमा सुरु गरिएको हो । यसअघि कर्णालीबाहेक सबै प्रदेशका विभिन्न अस्पतालबाट सामाजिक सुरक्षा कोषअन्तर्गतको लाइभ उपचार सेवा सञ्चालनमा आइसकेको भए पनि कर्णालीमा यो सुविधा उपलब्ध थिएन। प्रदेश अस्पताल सुर्खेतले सामाजिक सुरक्षा कोषसँग सम्झौता गरेपछि योगदानकर्ताले प्रत्यक्ष उपचार सुविधा लिन सक्ने व्यवस्था सुरु भएको हो । सामाजिक सुरक्षा कोषका निर्देशक उत्तमराज नेपालका अनुसार प्रदेश अस्पतालबाट सेवा सुरु भएसँगै कर्णाली प्रदेशका योगदानकर्ताले अब स्वास्थ्य उपचारका लागि अन्य प्रदेश धाउनुपर्ने बाध्यता हट्ने अपेक्षा गरिएको छ । प्रदेश अस्पतालका निर्देशक डा